Connect with us
Kapilvast Forest

समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौं र उठाऔं:जनार्दन शर्मा

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

janardhan

काठमाडौं – नेकपा (माओवादी)केन्द्रका नेता जनार्दन शर्माले परिस्थिति र घटनाले नयाँ चुनौती र सम्भावना ल्याएको भन्दै यसबाट हतास हुनेहरु समाप्त हुने बताउनुभएको छ ।

एमाले एकता र माओवादी केन्द्रको भविष्यका विषयमा विभिन्न टिकाटिप्पणी भइराखेका बेला शर्माको यस्तो भनाइ आएको हो। शर्माले चुनौति सामना गर्न नसकेर हतास हुनेहरु समाप्त हुँदै जाने बताउनुभएको हो ।

नेता शर्माले तथ्यलाई स्वीकार गर्दै विगतका उपलब्धि र कमीको गम्भीर समीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । शर्माले अहिले जनतामाथि संकट आइपरेकाले इमान्दार बनेर काम गरेका सबैको भविष्य उज्ज्वल हुने बताउनुभएको छ ।

‘नयाँ परिस्थिति र घटनाले नयाँ चुनौती र संभावनाहरु एकसाथ लिएर आएको हुन्छ। यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौं र उठाऔं’, शर्माले फेसबुकमा लेख्नुभएको छ , ‘जनतामाथि आइपरेका संकटहरुको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौं। हामी सबैको भबिस्य उज्ज्वल हुनेछ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu