Connect with us
Kapilvast Forest

कर्णालीमा काँग्रेसले दुई मन्त्रालय मागेपछि नयाँ मन्त्रीहरूको शपथ रोकियो

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

सुर्खेत – नेपाली काँग्रेसले कर्णाली प्रदेशमा दुई वटा मन्त्रालय बार्गेनिङ’ गरेपछि नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रोकिएको छ। शपथ बिहीबार तोकिएको थियो।बुधवार मुख्यमन्त्री शाहीले सरकार जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरेपछि सत्ता साझेदार नेपाली काँग्रेस पनि सत्ता समीकरणको बार्गेनिङमा उत्रिएको हो।

मुख्यमन्त्री शाहीले बुधवार आर्थिक मामिला तथा योजना मन्त्रीमा रुकुम पश्चिमका गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा सुर्खेतका बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सुर्खेतकै सीता नेपालीलाई नियुक्त गर्ने निर्णय गर्नु भउको थियो ।

तर, वैशाख ३ गते कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइदिएको नेपाली काँग्रेसले असन्तुष्ट जनाउँदै आफूहरूलाई दुई मन्त्रालय माग गरेपछि मन्त्रीहरूको शपथ रोकिएको माओवादीका एक सांसदले उकेरालाई बताउनुभयो ।

ती सांसदका अनुसार मुख्यमन्त्री शाहीले सत्ता जोगाएको काँग्रेसलाई एउटा मात्रै मन्त्रालय दिने गरी भागबन्डा मिलाउने सल्लाह गर्नु भएको थियो , तर सात वटाबाट आठ वटा मन्त्रालय बनाएपछि काँग्रेसले पनि आफूलाई दुई मन्त्रालय माग गरेको छ।

तर नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले भने यो परिस्थितिमा मन्त्रालय फुटाउनभन्दा पनि भएका मन्त्रालयलाई व्यवस्थित तरिकाबाट अगाडी बढाए आफू सरकारमा नगए पनि सहयोग हुने प्रतिबद्धता गरेको बताउनुभयो ।

ुहामीले सरकारलाई समर्थन दिएर सरकार जोगाइदिएकै छौँ,’ नेता शाहीले भन्नुभयो , हामीले सरकारलाई समर्थन गरेका कारण पनि चर्चा चल्नु स्वाभाविक हो, तर मन्त्रालय फुटाएर मन्त्री बनाउन अलि हतार भयो की भन्ने हो । अरू त्यस्तो केही होइन।’

काँग्रेसले दुई वटा मन्त्रालय मागेपछि नयाँ मन्त्रीको शपथ रोकिएको हो र भन्ने उकेराको प्रश्नमा नेता शाहीले भन्नुभयो तपाईँले भनेजस्तै सरकारलाई दिएको समर्थनका आधारमा त्यो कुरा त स्वाभाविक नै होला नि, हामीलाई सामाजिक विकास मन्त्रालय त जिम्मा दिएकै हुन् नि, तर हामीले यस्तो बेला काम गर्नुस् हाम्रो सहयोग त छँदै छ भनेर मन्त्रालय फुटाउनुहुन्न भन्ने सुझाव थियो। मन्त्रालय फुटाइसकेपछि त हाम्रो पनि एउटा धारणा त बन्यो।’

नयाँ मन्त्रीहरूको शपथ आफूहरूको कारणले नभई मुख्यमन्त्रीकै आन्तरिक व्यवस्थापनका कारण रोकिएको उहाँले दाबी गनुृ भयो ।अहिले नै काङ्ग्रेसबाट मन्त्री जाने नजाने भन्ने केही टुङ्गो छैन, माथि केन्द्रबाट पनि केही कुरा आउला। माथिको राजनीतिलाई पनि हेरेर निर्णय होला,’ नेता शाहीले भन्नुभयो ।

बिहीबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री शाहीबीच भेटपछि शपथ कार्यक्रम स्थगित भएको थियो। अहिले मुख्यमन्त्री शाही सत्ता साझेदार दलहरूसँग छलफलमा जुटेको मुख्यमन्त्री कार्यालय स्रोतको दाबी छ।

मुख्यमन्त्री शाहीलाई पटक पटक धरापमा परेको पद जोगाइदिएका काँग्रेस र एमालेसँगै आफ्नै दलका सांसदलाई मिलाउन हम्मे हम्मे परेको छ।वैशाख ३ गते विश्वासको मत लिएर मुख्यमन्त्री शाहीले पहिलो पटक पुनर्गठन गरेका थिए। त्यत्ति बेला फ्लोर क्रस गरी विश्वासको मत दिएका एमालेका माधव नेपाल समूहका तीन जनालाई मन्त्री नियुक्त गरिसक्नुभएको छ ।

अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास मन्त्री, नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र कुर्मराज शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नु भएको छ ।

कर्णालीमा फ्लोर क्रस गरेका एमाले माधव समूहका चार सांसद र माओवादीबाट एमालेमा प्रवेश गरेका एक जना गरी पाँच जना सांसद पदमुक्त भएपछि कर्णाली प्रदेश सभा ३५ सदस्यीय बनेको छ।संसद्मा नेकपा एमालेका सभामुखसहित १६ जना, नेकपा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक सांसद रहनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu