Connect with us
Kapilvast Forest

घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

file death

मोरङ– मोरङमा एक युवतीको शव फेला परेको छ । रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक रंगेली–३ की २४ वर्षीया अनिता यादव रहेको प्रहरीले जनाएको छ । उनको शव बुधबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार अनिताको शव घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा फेला परेको हो। पानी नभएको सुक्खा नहरमा हत्या गरेर फ्याकिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

डिएसपी मन्जिल मुकारूङको नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको एपसी खड्काले बताउनु भयो । प्रहरीले अनिताका श्रीमान बेचन, ससुरा, सासु र देवरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu