Connect with us
Kapilvast Forest

अक्सिजन सिलिन्डर कालोबजारी गर्ने तीन पक्राउ

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं -अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालोबजारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद रु ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ । उनीहरु विरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२१३ वटा अक्सिजन सिलिन्डर सङ्लन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २१३ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । तीमध्ये १४७ वटा भरिएका र ६६ वटा खाली सिलिन्डर रहेका छन् । सङ्कलन गरिएकासहित आज ३२८ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको सक्रियतामा वैशाख २६ देखि आजसम्म नौ हजार ३५३ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu