प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्नुहुने भएको छ । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाउनु भएको छ ।
पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ । उहाँले पत्रकार सम्मेलनको विषय भने खुलाउनु भएको छैन ।