प्रधानमन्त्री ओलीले विश्व हँसाउने काम गर्नुभयाे : प्रवक्ता शर्मा
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले दुनियाँ हँसाउने काम गरेकाे बताउनुभएकाे छ । बिहीवार (हिजाे) बहुमत छैन भनेर विश्वासकाे मत नलिने निर्णय गर्नुभएका प्रधानमन्त्री ओलीले फेरि बहुमत छ भनेर दाबी गर्दा विश्व हाँसेकाे प्रवक्ता शर्माले बताउनुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा विश्व हाँसेको छ ! लाज स्वयम् लजाएको छ !’
यस्तै प्रवक्ता शर्माले राष्ट्रपति संस्थाकाे गरिमा बचाइराख्न पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्नुभएकाे छ ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय ५३ सांसद्काे आफूलाई समर्थन रहेकाे दाबी गर्दै राष्ट्रपति कार्यालयमा पत्र बुझाउनुभएकाे छ ।यस्तै नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेकाे पत्रसहित राष्ट्रपति समक्ष दाबी पेस गरेका छन् ।
`बहुमत छैन´ भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले `बहुमत छ´ भनेर फेरि दाबि गर्दा दुनियाँ हांसेको छ ! लाज स्वयं लजाएको छ !
रास्ट्रपति महोदया ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो l अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021