Connect with us
Kapilvast Forest

शुरुभयो माधव नेपाल पक्षलाई कारबाही प्रक्रिया

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौँ- पछिल्लो राजनीतिका घटनाक्रम सँगै अब नेकपा एमालेले माधव नेपाल समूहलाई कारबाही प्रक्रिया समेत शुरु गरेको छ। जसको सुरुवात राष्ट्रिय सभा सदस्यको निर्वाचनमा बादललाई भोट नहाल्ने १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णयबाट भएको छ ।

एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरूले आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण बुझाउनु पर्ने छ।

 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरीत नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारे स्पष्टीकरण सोध्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले बताउनुभयो ।

अब पार्टीलाई स्पष्टीकरण दिनुपर्नेमा अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डेसहित रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवाली रहनुभएको छ ।

यदि तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण दिएनन् भने उनीहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने समेत निरौलाले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu