राष्ट्रपतिलाई तपाईंसम्म भन्ननसक्ने सभापतिमा कस्तो सभ्यता: प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउनुभएको छ ।
शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन । तिमी, उनी, यसो गरिन् जस्ता भाषा प्रयोग गरिएको छ ।’