Connect with us
Kapilvast Forest

यस्तै रह्यो भने यो पार्टी रहँदै: लक्ष्मणलाल कर्ण

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्टीका लागि दुर्भाग्य भएको बताउनु भएको छ । शनिबार जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ सुक्लासहित लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

यसैबीच अध्यक्ष ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलगायतका नेतालाई कारवाही गर्ने तयारी छ ।नेता कर्णका अनुसार ‘पार्टीभित्रकै नेताले एक अर्कालाई कारवाही गर्न थालेपछि बुझ्नु पार्टी एक छैन, त्यसको ताजा उदाहरण नेकपा र एमालेलाई लिन सकिन्छ । नेकपामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले एक अर्कालाई कारवाही गर्ने काम सुरु गरेपछि पार्टी विभाजन भयो । त्यस्तै एमाले पनि भइरहेको छ, ओली र माधव नेपालले एक अर्कालाई कारवाही गरिरहेका छन् अन्ततः सो पार्टी विभाजनको अन्तिम अवस्थामा छ । जसपा नेपालमा पनि त्यही रोग लागेको छ, यस्तै रह्यो भने यो पार्टी पनि धेरै दिन सग्लो रहँदैन ।’

जसपा नेपाल विभाजन भए मधेशका लागि सबभन्दा ठूलो दुर्भाग्य हुने उहाँले बताउनु भयो । उहाँले आफू मधेशको माग पुरा गराउन सक्रिय रहेको बेला स्पष्टीकरण सोध्ने काम भएको समेत गुनासो गर्नु भयो । ‘मधेसीमाथि लागेको केही मुद्दा फिर्ता भएका छन्, नागरिकताको समस्या समाधान गर्ने र संविधान संशोधनका लागि अध्ययन गर्न विज्ञ समूह बनाउने निर्णय मन्त्रीपरिषदबाट भएको छ, यदि सक्रिय भएर नलागेको भए यी मागहरु पुरा हुने थिएन’, उहाँले भननु भयो । अझै थप माग पुरा हुने क्रममा रहेको बताउँदै उहाँले कुनै विषयलाई गम्भीरतापूर्वक अध्ययन नगरी सिधै एक्सनमा जानु राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘मेरो एउटै गल्ती हो, मैले मधेशको माग पुरा गराउन बालुवाटारदेखि सिंहदरबारसम्म धाएँ, केही माग पुरा गराइयो, त्यसकारणले मलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।’ कोरोना संक्रमित नेता कर्ण केही दिनदेखि होम आइसोलेशनमा रहनु भएकोछ ।
उहाँले भन्नु भयो , ‘जसपा नेपालमा देखिएको विवादास्पद कुनै पनि बैठकमा म गएको छैनन्,

प्रधानमन्त्री ओलीले संसदमा लिनुभएको विश्वासको मत चुनावमा पनि म सहभागी थिइनँ, कहाँ कहाँ के बैठकहरू बस्यो, म कुनैमा पनि पनि गएको छैन, अनि मलाई केको स्पष्टीकरण रु मबाट एउटै गल्ती भएको छ त्यहि मधेशको माग पुरा गराउन बनेको कार्यदलमा बस्नु । यदि त्यही कारणले मलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो भने मबाट यस्तो गल्ती भइरहन्छन् ।’जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर महागल्ती गरेको पनि उहाँले जिकिर गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu