Connect with us
Kapilvast Forest

रेल सञ्चालन अध्यादेश ल्याइएको छ,अब छिटै रेल सञ्चालनमा जान्छौं : मन्त्री नेम्वाङ

२०७८, १९ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आर्थिक वर्ष २०७८र७९ को बजेट कार्यान्वयनका लागि सरकारले असार मसान्तसम्म स्पष्ट कार्ययोजना बनाइसक्ने बताउनुभएको छ । यसअघि बजेट त आउने तर कार्यान्वयनमा के कसरी जाने भन्ने स्पष्ट खाका तथा मोडालिटी नबन्दा बजेट कार्यान्वयनमा समस्या आउने गरेको भन्दै मन्त्री नेम्वाङले यसपटक सरकार स्पष्ट खाकासहित बजेट कार्यान्वयनमा जाने बताउनुभयो ।

‘बजेट कार्यान्वयनमा हामी दृढ छौं । कोभिड–१९ को महामारीका बीच पनि जनताको स्वास्थ्य सुरक्षा र मुलुकको दिगो विकासलाई प्रमुख प्राथमिकतामा राखेर आएको बजेट कार्यान्वयन गर्न हामी कटिबद्ध छौं । यसका लागि सरकार स्पष्ट कार्ययोजनासहित अघि बढ्छ’ मन्त्री नेम्वाङले भन्नुभयो , ‘बजेट कार्यान्वयनका लागि आगामी असार मसान्तसम्म कार्ययोजना बनाई सक्छौं ।’

सो अवसरमा मन्त्री नेम्वाङले आर्थिक वर्षको बजेटले भौतिक पूर्वाधार तथा विकास निर्माणलाई नै प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको बताउनुभयो । भौतिक पूर्वाधारको क्षेत्रमा ३२ वटा शीर्षकमा १ खर्ब ६३ अर्ब बराबरको बजेट विनियोजन भएको उहाँले बताउनुभयो । बजेटले सडक निर्माण तथा सुधारदेखि रेल, मेट्रो रेल, सुरुङ मार्ग, फ्लाइओभर निर्माण लगायतका महत्वाकांक्षी योजनाहरुलाई केन्द्रमा राखेको उहाँले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण व्यापारिक करिडोर, राष्ट्रिय राजमार्ग, हुलाकी राजमार्ग लगायतको स्तरोन्नती, नयाँ सडकहरूको निर्माण, द्रुत मार्ग, दुर्गम क्षेत्रमा सडकको पहुँच, सुरुङ मार्ग निर्माण लगायत रेल मार्ग निर्माणका लागि समेत बजेट केन्द्रित भएको मन्त्री नेम्वाङले बतानुभयो ।

सो अवसरमा मन्त्री नेम्वाङले रेल सञ्चालन तथा व्यवस्थापन सम्बन्धि रेल सञ्चालन अध्यादेश समेत आइसकेको अवस्थामा अब सरकार छिटोभन्दा छिटो रेल सञ्चालनमा जाने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu