Connect with us
Kapilvast Forest

तलब नपाएपछि नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

medical-collage-kohalpura nepalgung.

बाँके – फागुनदेखी तलब नपाएको भन्दै बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार विहान प्रशासन शाखामा भेला भएर आन्दोलन गरेका हुन् । उनीहरुले नियमित तलब, कोरोनाको जोखिम भत्ता समेत माग गरेका छन् ।

असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्ने नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने बताउनु भयो ।

अस्पतालको नियमित काममा असर नपर्ने गरि आफूहरु विरोधमा उत्रिएको उहाँले बताउनु भयो । कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिंदा कर्मचारीहरु मर्कामा परेको बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu