Connect with us
Kapilvast Forest

जुम्लाको पातारासीका चार जना सम्पर्कविहीन

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कविहीन भएका छन् । पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कमा नआएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार उनीहरु टुङटुङ लेखमा पालमा बसेका र ढुङ्गा खस्दा एक जना घाइते भएको खबर सुनेको तर त्यसपछि सम्पर्क हुन सकेको छैन । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धारको तयारी गरे पनि मौसमले साथ नदिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu