Connect with us
Kapilvast Forest

स्वास्थ्य बीमा बोर्डको कार्यालयमा जुत्ता खोल्नुपर्ने बाध्यता, सेवाग्राही असन्तुष्ट

२०८३, २६ आश्विन सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-

स्वास्थ्य बीमा बोर्डको कार्यालय तौलिहवा कपिलवस्तुमा मुख्य प्रवेशद्वारमा पर्दा लगाइएको र सेवाग्राहीलाई जुत्ता–चप्पल बाहिरै खोल्न लगाइएको व्यवस्थाप्रति सेवाग्राहीले असन्तुष्टि जनाएका छन् ।

कार्यालयमा सेवा लिन पुग्ने नागरिकले यस्तो व्यवस्थाले सहज पहुँच र पारदर्शितामाथि प्रश्न उठाएको गुनासो गरेका छन् । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीले सहज रूपमा प्रवेश गर्न र सेवा लिन पाउने वातावरण हुनुपर्ने उनीहरूको भनाइ छ ।

सेवाग्राहीले मुख्य ढोकामा पर्दा लगाउनु र जुत्ता–चप्पल खोल्नुपर्ने व्यवस्था गर्नुको औचित्यमाथि प्रश्न उठाउँदै यसको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

कार्यालयको सरसफाइ वा व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको भए पनि त्यसले सेवाग्राहीलाई अनावश्यक असहजता सिर्जना गर्न नहुने उनीहरूको धारणा छ ।

सार्वजनिक निकायमा पारदर्शिता, सहज पहुँच र सेवाग्राहीमैत्री व्यवहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनीहरूले व्यवस्थाबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

नाम नबताउने शर्तमा कपिलवस्तुको श्रीनगरका एक सेवाग्राहीले कार्यालयको सेवा प्रवाह प्रति असन्तुष्टि प्रकट गरे । उनले भने, “गर्मीमा आत्तिदै कार्यालय पुग्दा जुत्ता चप्पल खोलेर भित्र पस्न भन्छन, पर्दा समेत लगाएर सेवा प्रवाह गरिनु उचित भएन नी” ।

यस विषयमा सम्बन्धित कार्यालयको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu