Connect with us
Kapilvast Forest

नागरिकताकाे माग सहित प्रदर्शन र सघर्षमा भुमिपुत्र

२०७८, ७ असार सोमबारमा प्रकाशित

काठमाडौँ-जन्मसिद्ध नागरिकका सन्तानले बंशजको नागरिकता पाउनुपर्ने माग गर्दै धनुषाको ढल्केवरमा प्रदर्शन भएको छ ।शुक्रबार दिउँसो मिथिला नगरपालिका-५ स्थित ढल्केवर चोकमा नागरिकताबाट बञ्चित भएका युवाहरूको समूहले सरकारविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले जारी गरेकी अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन बिहीबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रदर्शनका सहभागी युवाहरुले ‘जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर, जन्मसिद्धका सन्तानलाई–नागरिकता दे, गैरनागरिक बनाउन–पाइँदैन, देशका असल नागरिक– पहिचान गर, संविधान संशोधन छिटो गर’ लगायतका नारा लगाएका हुन् ।

ढल्केवरस्थित खानेपानी कार्यालय अगाडिबाट निकालिएको विरोध प्रदर्शन ढल्केवर चोकको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडि पुगेर कोणसभामा परिणत भएका थिए ।

कोणसभामा बोल्दै इन्द्रजीत साफीले संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहेको बताएका छन् ।

उनले नागरिकता प्राप्त गर्न नसकेकै कारण उच्च शिक्षा हाँसिल गरेर पनि बेरोजगार भएर बस्नु परेको बताए । राहदानी बनाउन नसकेर वैदेशिक रोजगारीमा जान सकिरहेका छैनन् । बैंक खाता खोल्न सकेका छैनन् ।

उनले आफु पनि सिभिल इन्जिनीयर भएर नागरिकता नभएकै कारण बेरोजगार भएर बस्नु परेको बताउँदै सरकार तथा सर्वोच्च अदालगसँग पीडा बुझिदिन आग्रहसमेत गरेका छन् ।

सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर्ने कानुन ल्याएपछि खुशियालीमा दिपावली समेत मनाएका युवाहरु बिहीबार सर्वोच्च अदालतको निर्णयबाट पुनः निराश बनेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu