Connect with us
Kapilvast Forest

शितगंगाका कृषकलाई अनुदानमा ५० वटा हाते ट्याक्टर वितरण

२०७८, ९ असार बुधबारमा प्रकाशित

 

अर्घाखाँची- शितगंगा नगरपालिकाले १४ वडामा ५० वटा हाते ट्याक्टर बितरण गरेको छ । नगरप्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेस्मीले आज कृषि समूह, सहकारी हरुलाइ मिनि वार टेलर बितरण गर्नु भएको हो ।नगरपालिकाका बिभिन्न कृषक समूहलाइ हाते ट्याक्टर वितरण गरेको हो ।

खेतवारी जोत्न गोरुको बिकल्पको रुपमा लिइएको ५० वटा हाते ट्याक्टर ५० प्रतिशत अनुसदानमा बितरण गरिएको कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिनु भयो ।

परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणत र्फ विकास गराउने उदेश्यले कृषकलाई ५० वटा हाते ट्याक्टर बितरण गरेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो । प्रदेश सरकारको १७ लाख र किसानको ५० प्रतिशत हुने गरि मिनि टेलर बितरण गरिएको शितगंगा नगरपालिकाका कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिनु भयो ।

परम्परागत रुपमा गोरु बाट जोत्पोत गर्दा भन्दा समयको बचत सस्तो समेत गर्ने हुँदा किसान हरु यस तर्फ आकर्षक हुने गरेका छन । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हरुलाई हाते ट्याक्टर बितरणमा नगरपालिकाले जोड दिने गरेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu