बिरिङ खोलामा एक पुरूषको शव फेला
झापा – बिरिङ खोलामा डुबेको अवस्थामा एक पुरूषको शव फेला परेको छ। अर्जुनधारा नगरपालिका(३ का ४० वर्षीय राजकुमार खनालको शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
उनको शव अर्जुनधारा(१ स्थित साधुटार–होक्से सडकखण्ड अन्तर्गत पर्ने बिरिङ खोलामा फेला परेको हो। माथिल्लो भागमा नाङ्गो र पेन्ट मात्र लगाएको अवस्थामा उनको शव फेला परेको डिएसपी थापाले बताउनुभयो ।
मृतक खनाल शुक्रवार राति १० बजे घरबाट कसैलाई नभनी हिँडेको र उनको शव शनिबार बिहान ६ बजे खोलामा फेला परेको थापाले बताउनुभयो । घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनि र प्रहरी चौकी शनिश्चरेले अनुसन्धान गरिरहेको जनाइएको छ।