Connect with us
Kapilvast Forest

गाईले नब्याउँदै दूध दिन थालेपछि दङ्ग

२०७८, १२ असार शनिबारमा प्रकाशित

 

कास्की – पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन्।

२०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफैं झरेको देख्दा अचम्भित बने। साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई÷ दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका छन्।

‘दूध भने कहिल्यै पनि फाटेन,’ उनले भने, ‘अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ।’

गाई नव्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा. मधु तिमिल्सिना हर्मनको कारणबाट यस्ता दुर्लभ घटना भएको बताउँछन्। ‘नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन। उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नव्याउँदै दूध दिन थालेको हो,’ उनले भने, ‘यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ।’

नब्याउँदै गाईले दूध दिन थालेपछि दङ्ग परेका निर्मलपोखरी गाविसका पूर्वउपाध्यक्ष समेत रहेका पौडेल र उहाँकी श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका बारे बताउन भ्याइनभ्याइ छ। गोठमा दुई वटा ब्याउने भैंसी भएर पनि गाई पाल्ने इच्छा जागेको कारण आफूले बाच्छीको खोजीमा रहेको बेला स्थानीय दलित समुदायका एक व्यक्तिमार्फत २०७६ पुस १७ गते ल्याएर गोठमा बाँधिएको हो। वेवारिसे अवस्थाको गाईको बाच्छी ल्याइदिने उनलाई पौडेलले एक हजार रुपैयाँ पारिश्रमिक समेत दिएाक थिए।

शुरुमा राम्रो आहारा एवं पानी समेत पर्याप्त नखाएको आवस्थामा फेला परेको बाच्छी गोठमा ल्याएपछि भने राम्रै स्याहारसुसार पाएको सीताले जानकारी दिइन्। दुब्लो, हिंड्डुल गर्न समेत खासै नसक्ने कमजोर अवस्थाको बाच्छीले शुरुको दिनमा पानी समेत नखाएकै कारण बाख्राको जुत्तो जस्तै गोट्टा दिसा गरेको बताउँदै उनले आफूहरुले स्याहारसुसार गर्न थालेपछि दिन प्रतिदिन राम्रो हुँदै गएको अनुभव सुनाइन्।

छिमेकमै जन्मेको सो बाच्छी माया नपाएपछि व्यवारिसे बनेको प्रत्यक्ष देख्ने स्थानीयवासी अहिले भने नब्याउँदै दूध दिन थालेपछि दङ्ग परेका छन्। त्यसअघि सो बाच्छी करीब ४५ दिनसम्म पोखरा १७ स्थित विरुवा फाँटमा खुला आकाशमुनि बस्न बाध्य थियो। पशुहरु आफू हेलित भए पनि स्याहारसुसार पाएमा बहुगुणी हुन्छन् भन्ने तथ्यलाई यसले पुष्टि गरेको स्थानीयवासी पण्डित कृष्णप्रसाद पौडेले बताउँछन्।

‘आप्mनो ६६ वर्षीय जीवनमा यस्तो पहिलो बेतै बाच्छीले नब्याउँदै दूध दिएको यसअघि नदेखेको र सुनेको पनि थिइन आज त दूध नै खाने अवसर मिल्यो,’ उनले भने, ‘गाईको दूधमा अरुको भन्दा नमीठो भने छैन, पशुले हामीले गर्ने व्यवहारकै आधारमा सेवा दिने गर्दछन्।’

गाई र त्यसले दिएको दूध हेर्न पौडेलको घरमा पुग्नु भएका स्थानीय वासिन्दा रामचन्द्र पौडेल, भोलानाथ पौडेल, शिव पौडेललगायतले नब्याउँदै बाच्छीले दूध दिएको देख्दा अचम्भित भएको भन्दै यस्ता घटना सञ्चारमाध्यममा यदाकदा सुन्ने गरेको भएपनि आँखाले देख्ने अवसर पहिलोपटक मिलेको सामूहिक धारणा राखे।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu