रोटरी क्लबद्वारा दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
अर्जुन बेल्बासे कपिलवस्तु- रोटरी क्लब अफ कपिलवस्तुले दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुग्ने भन्दै रोटरीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष विष्णु भट्राइ र रोटरी क्लब अफ कपिलवस्तुका पदातिकारी हरुले आज एक कार्यक्रमका विच शिवराज नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख भुरामणि भट्राइलाइ कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन । हस्तान्त्रण गरेका कन्सन्ट्रेटर एउटा शिवराज आधारभुत अस्पताल र एउटा संजिवनी सामुदायिक अस्पताललाई प्रदान गरेको हो ।

सो अवसरमा अध्यक्षभटराइले नगरको स्वास्थ्य सेवालाइ प्राथमिकतामा राखेर शिवराज आधारभुत अस्पताल र संजिवनी सामुदायिक अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिरहेको बताउनु भयो ।
अक्सिजन कन्सन्ट्रेटर प्राप्त गरेपछि प्रतिक्रिया दिँदै शिवराज स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्राइले कोभिड–१९ का बिरामीलाई उपचारमा थप सहजता हुनसका साथै श्वास प्रश्वासका समस्या भएका दिर्घरोगीहरुको आवश्यकता समेत परिपुर्ति गर्ने बताउनु भयो ।
कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सनट्रेटर वितरण गरिएको क्लवका पास्ट पेर्सिडेन्ट अर्थात ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले बताउनु भयो । आवश्यकताको पहिचान गरी यो महामरीमा शिवराजमा अग्रणि भुमिका खेलेका शिवराज आधारभुत अस्पताल र संजिवनी सामुदायिक अस्पताललाइ एक एक थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइएको उहाले बताउनु भयो ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण अवसरमा शिवराज नगरपालिकाका स्वस्थ्य शाखाका प्रमुख चुरामणि भट्राइ, रोटरी क्लब अप कपिलवस्तुका पास्ट पेर्सिडेन्ट अर्थात ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महाहदेव पोख्रेल , रोटरी क्लब अप कपिलवस्तुका पास्ट पेर्सिडेन्ट तोयनाथ गैरे , क्लवका नोमिनी प्रेसिडेन्ट हेमराज शर्मा ,चेम्वर अफ कपिलवस्तुका महासचिव गोपाल वन्जाडे ,संजिवनी सामुदायिक अस्पतालका प्रमुख वाइ पि पौडेल, शिवराज आधारभुत अस्पतालका डा महेश गुप्ता संजिवनी सामुदायिक अस्पतालका डा घनश्याम पाण्डे लगायत क्लवका पदाधिकारीको उपस्थिति रहेको थियो ।