उपत्यकाको निषेधाज्ञा एक हप्ता थपिने
काठमाडौं– कोरोना भाइरसको संक्रमको जोखिम कम गर्न गत वैशाख १६ गतेदेखि जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याइने भएको छ ।पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेदेखि सकिंदैछ ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी गरिरहेको बताउनु भयो ।अब थपिने निषेधाज्ञाका क्रममा समेत केही क्षेत्रमा थप खुकुलो बनाइने अनुमान गरिएको छ ।
त्यसका लागि काठमाडौं, ललितपुर तथा भत्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आज आइतबार छलफल हुँदैछ ।अहिले उपत्यकामा नीजि सवारीलाई जोर–बिजोर नियम लागू गरिएको छ भने बार अनुसार पसल खोल्न दिइएको छ ।
यसबाहेक राइडर सेवा पनि सुचारु गरिएको छ ।-
राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेकोमा त्यसका बारेमा समेत आज छलफल गरेर निर्णय लिन सकिने अनुमान गरिएको छ ।