Connect with us
Kapilvast Forest

सीडीओको नक्कली फेसबुक आईडी बनाएर पैसा माग

२०७८, १३ असार आईतवारमा प्रकाशित

facebook

काठमाडौं-कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ ।प्रमुख जिल्ला अधिकारी महतोको तस्बिर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।

‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको छ,’ प्रजिअ महतोले भन्नुभयो , ‘पैसा माग गरेको कुरा धेरै जनाले स्क्रिन सट गरेर मलाई पठाएका छन्, आज बिहान खोल्दा खुलेको छैन, डिएक्टिभ भए जस्तो छ ।’ फेक आइडी बनाई अवैध रुपमा रकम माग गर्नेविरुद्ध आज साइबर ब्यूरोमा उजूरी हाल्न लागेको उहाँले बताउनुभयो ।

‘अज्ञात व्यक्तिले मेरो तस्बीर राखी नक्कली फेसबुक एकाउन्ट खोलेको देखिन्छ, फेक आइडीबाट विभिन्न व्यक्तिबाट रकम माग गरेको समेत जानकारीमा आयो,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ । , ‘यस आइडीलाई ब्लक गर्न हुन, फ्रेन्ड रिक्वेस्ट आएमा नगर्न हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न हुन अनुरोध गर्दछु, यस एकाउन्ट सम्बन्धमा आवश्यक कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको छु ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले नक्कली ९फेक० फेसबुक आइडी कुन ठाउँबाट जेनेरेट भएको भन्ने कुरा जिल्ला लेबलबाट हेर्न सम्भव नहुने बताउनुभयो ।

‘फेक फेसबुक आइडी बनाएर धेरै जनालाई भिक्टिम बनाएको पाइएको छ’, उहाँले भन्नुभयो , ‘विदेशबाट पनि जेनेरेट भएको हुन सक्छ, यस्तो कार्य साइबर ब्यूरोले हेर्ने गरेको छ ।’

साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कार्वाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई रु एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu