Connect with us
Kapilvast Forest

कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन एमाले नेता नेपालको अपिल

२०७८, १४ असार सोमबारमा प्रकाशित

madhav nepal

काठमाडौं-सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन अपिल गर्नु भएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा नेता नेपालले भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवाद सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरेको स्मरण गर्नु भयो ।

साथै उहाँले विद्यमान वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विचलन, विकृति, विसङ्गति, बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा एमाले सिङ्गो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्ती मनाइँदैछ । भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका भण्डारीको २०५० जेठ ३ गते दासढुङ्गा दुर्घटनामा निधन भएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu