Connect with us
Kapilvast Forest

आज मदन भण्डारीको ७०औँ जन्मजयन्ती

२०७८, १४ असार सोमबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमालेले आज जननेता भण्डारीको ७० औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले साताव्यापी रुपमा मुलुकको समृद्धि, आर्थिक विकास, शैक्षिक सुधार आदि विषयमा कार्यशाला आयोजनाका साथै विविध रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ।

फाउण्डेसनले यसै अवसरमा कोभिड–१९ महामारी रोकथाममा अग्रमोर्चामा रहेका दुई स्वास्थ्यकर्मीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारको घोषणा पनि गरेको छ। नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।

२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो। ०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu