Connect with us
Kapilvast Forest

१२० ग्राम सुन जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ

२०७८, १४ असार सोमबारमा प्रकाशित

कैलाली- कैलालीमा १२० ग्राम सुन जस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट अमरगढी नगरपालिका–८ का महेश सार्की, सोही वडाका सुरज घताने र विशाल जाग्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक गुरुका अनुसार उनीहरु तिनै जना सवार प्रदेश नं ३, ०१००२६४६९९ नंको अल्टो कार रोकिएको अवस्थामा जाँचका क्रममा सुनजस्तो देखिने वस्तु फेला परेको हो । तीनै जनालाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालय पठाइएको बताइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu