Connect with us
Kapilvast Forest

रुपन्देही प्रहरीद्वारा ३ जना लागुऔषधसहित पक्राउ, दुई कपिलवस्तुका

२०७८, १९ असार शनिबारमा प्रकाशित

pakrauu

 

बुटवल -रुपन्देहीको सैनामैनामा प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । सैनामैना नगरपालिका वडा नं १० बेमतेनी बस्ने बर्ष १८ वर्षीय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं ९ भलवाड बस्ने २४ वर्षीयको रमेश बहादुर आचार्य र कपिलवस्तुका नै २५ वर्षीय रमेश मरासिनीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट लागुऔषध (खैरो हिरोईन ) ४ ग्राम ५०० मिलिग्राम फेला पारी बरामद जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका विरुद्ध जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दिन ५ को म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको उहाँले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu