Connect with us
Kapilvast Forest

पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने वडाध्यक्ष माथि कारवाहीको माग

२०७८, २१ असार सोमबारमा प्रकाशित

कपिलबस्तु- पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने कपिलबस्तु बिजयनगर गाउँपालिका–७ का वडाध्यक्ष दिनेश चौधरीमाथि नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले कारवाहीको माग गरेको छ ।

कपिलबस्तु शाखाका सदस्य पत्रकार सनिउल्ला धोबी माथि वडाध्यक्ष चौधरीले आफनो समाचार प्रसारण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै चरित्र हत्या गरेको भन्दै महासंघले कारवाहीको माग गरेको हो ।

महासंघले समाचारको बिषयमा असन्तुष्टि वा चित्त नबुझेको भए उजुरी गर्ने स्थान हुदा हुदै फेसबुक मार्फत अर्नगल टिप्पणी गर्दै चरित्र हत्या गरिएको भन्दै वडाध्यक्षमाथि ऐन कानुन अनुसार कारवाहीको माग गरिएको छ ।

कारवाहीको लागि सम्बधीत निकायसंग माग गर्दै आगामी दिनमा पत्रकारमाथि यस्ता लक्षित घटना न गर्न समेत महासंघले सचेत गराएको पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरनमान वज्रार्चायले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu