झामापा सवारी दुर्घटनमा परी एमाले नेता प्रसाईको मृत्यु
झापा – नेकपा एमाले बिर्तामोड नगरकमीटीका अध्यक्ष ज्ञानुराम प्रसाईको शुक्रबार अपरान्न सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
झापाको चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हँुदा प्रसाईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भिर घाइते भएका प्रसाईलाई उपचारको लागि मेची अञ्चल भद्रपुरमा लगिएको थियो । तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।