Connect with us
Kapilvast Forest

एमाले कार्यदल बैठक शुरु, सहमतिको दस्तावेजबारे टुङ्गो लगाउने प्रयास

२०७८, २६ असार शनिबारमा प्रकाशित

 

काठमाडौं-सत्तारुढ दल नेकपा ९एमाले० को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको आजको बैठक निर्धारित समयभन्दा ढिलागरी शुरु भएको छ । दिउँसो २ः३० बजेका लागि तय भएको बैठक साँझ करिब पाँच बज्नै लाग्दा शुरुभएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्यहरु परामर्शका लागि नेपाल निवास कोटेश्वर जानुभएपछि बैठक शुरु हुन ढिलो भएको हो ।

सिंहदरवारस्थित अर्थमन्त्रालयमा जारी बैठकमा विषयकेन्द्रित छलफल शुरुभएको अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका संयोजक रहनुभएका सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । कोटेश्वरबाट कार्यदलका सदस्यहरु फर्केर आउनु भएपछि बैठक शुरुभएको उहाँले जानकारी दिनुभयो ।

आजको बैठकबाट कार्यदलका सदस्यले विवादित विषयलाई सहमति गर्ने तयारी गर्नुभएको छ । कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदलका सदस्यहरुले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा पेश गर्नुभएको हस्ताक्षर फिर्ताको प्रस्ताव राख्नु भएपछि नेपाल पक्षका सदस्यहरु परामर्श गर्न कोटेश्वर पुग्नुभएको थियो ।

कार्यदलले विवादित विषयमा सहमति गरेपछि अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपालबीच थप छलफल भई अन्तिम टुङ्गो लगाउने तयारी कार्यदलले गरेको छ । कार्यदल स्तरमा सहमति बनेपछि प्रमुख दुई नेताहरुसँगको परामर्शमा आज रातीसम्म सहमतिको दस्तावेज सार्वजनिक गर्ने तयारी कार्यदलका सदस्यहरुले गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu