को को हुन देउवासँगै सपथ खाने मन्त्री
काठमाडौं –नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी गरे पनि क(कसलाई मन्त्री बनाउने टुंग्याउन सकेका छैनन्।
राष्ट्रपति कार्यालयले साँझ ६ बजे सपथ ग्रहणका लागि देउवालाई बोलाएको छ। देउवाले कांग्रेसबाट दुई जनालाई आज मन्त्री बनाउन लागेका छन्।
देउवानिकट एक नेताका अनुसार देउवाले आफ्नो तर्फबाट एक जना र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट एक जनालाई आफूसँगै मन्त्रीको सपथ खुवाउने तयारी गरेका छन्।
देउवा पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणमध्ये एक जनालाई आज मन्त्री बनाउने गरी छलफल भएको देउवानिकट एक नेताले बताए।
यस्तै पौडेल पक्षबाट मिनेन्द्र रिजाल र सञ्जय गौतममध्ये एक जनालाई मन्त्री बनाउने गृहकार्य छ।कोरोना महामारी रहेकोले स्वास्थ्य मन्त्री आवश्यक हुने भन्दै गगन थापालाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरे पनि आज उनी मन्त्री हुने सम्भावना कम छ।
‘मन्त्रीहरू टुंग्याउन सकिएको छैन। एकरएक जना विनाविभागीय मन्त्री बनाउने तयारी छ,’ देउवानिकट ती नेता भन्छन्।देउवाले कांग्रेसका मात्र होइन गठबन्धनमा रहेका अरू दलबाट पनि मन्त्री बनाउनु पर्नेछ।
मन्त्रालय बाँडफाँटको विषयमा उनले सिंहदरबारमा आजै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग गरेका थिए। माओवादीले पाउने मन्त्रालयबारे कुराकानी पनि गरेका थिए।
स्रोतका अनुसार माओवादी केन्द्रले जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरूङलाई मन्त्री बनाउने तयारी गरेको छ। माओवादीले पाउने मन्त्रालयको टुंगो नभएकाले उनीहरूको नाम प्रचण्डले पठाएका छैनन्। जसपाबाट उपेन्द्र यादवलाई परराष्ट्र मन्त्री बनाउने देउवाको तयारी रहे पनि जसपाले निर्णय गरिसकेको छैन। सरकारमा सहभागी हुनेरनहुनेबारे निर्णय गर्न जसपाको बैठक बसिरहेको छ।