Connect with us
Kapilvast Forest

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

सुनसरी- सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएको थियो ।

सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

शनिबार पक्राउ परेकाको विषयमा हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ बाट शनिबार लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी १९ वर्षीय नसरुद्दिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोप्य सूचनाका अधारमा गएको प्रहरीको टोलीले मियाँले चलाई ल्याएको को१ह ७८९७ नंको सिटीसफारीलाई चेकजाँच गर्दा लगुऔषध बरामद भएको थियो ।

मियाँका साथबाट प्रहरीले १९ बोतल डाइलक्स डिसी, नाइट्रोजन १० लेखिएको २०० पत्ता ट्याबलेट बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu