Connect with us
Kapilvast Forest

पहिलो साउने सोमबार पशुपतिमा भीड

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

 

काठमाडौं-आज पहिलो साउने सोमबार, देशका शिमालयहरुमा भक्तहरूको भीड लागेको छ । हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ हो ।यस महिनामा शिवलाई प्रशन्न गराउन भक्तजनहरू उपासनामा तल्लीन हुन्छन् ।

शिवालयमा पुगेर बेलपत्र, धतुरो, दूध, मौसमी फूलहरू, पञ्चामृत लगायतका द्रव्यले शिवको पूजा गर्ने प्रचलन छ । शिवभक्तहरू यस समयमा घरघरमा रुद्री लगाउने गर्छन् र सकेसम्म विभिन्न शिवालयमा दर्शनार्थ जाने गर्छन् ।

यस्तै नारीहरूले साउन महिनामा हरिया पहिरन, रङ्गीचङ्गी शृङ्गार, हातमा मेहेन्दी, गलामा पोते, सिउँदोमा रातो सिन्दुरमा सजिएर शिवको व्रत बसी पतिव्रता धर्म उच्च रहोस्, प्रेम अखण्डित रहोस्, पारिवारिक सुख शान्ति कायम रहोस् भनी शिवको सकाम उपासना गर्छन् ।