Connect with us
Kapilvast Forest

चीनले लगायो ७ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

एजेन्सी-चीनले सात अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ। हङकङस्थित चिनियाँ अधिकारीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्धको प्रतिउत्तरमा चीनले शुक्रबार यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गत वर्ष हङकङमा भएको प्रदर्शन दबाउन भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो। गत हप्ता अमेरिकाले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्न जोखिम बढिरहेको चेतावनीसमेत दिएको थियो।

अमेरिकाले लगाएको प्रतिबन्धले अन्तर्राष्ट्रिय कानुन र सम्बन्धका आधारभूत मान्यताको चरम उल्लंघन गरेको चीनको दाबी छ। अमेरिकाले हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी लगाएको प्रतिबन्ध औचित्यहीन रहेको पनि चीनले स्पष्ट पारेको छ।

प्रतिबन्धमा पर्नेहरूमा पूर्वअमेरिकी वाणिज्यमन्त्री विल्वर रस, ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, युएस-चाइना इकोनाेमिक एन्ड सेक्युरिटी रिभ्यु कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमिउलगायत रहेका बिबिसीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu