Connect with us
Kapilvast Forest

षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालकाे चेतावनी

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

  काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ ।वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराउनु भएको हो ।

उहाँले भन्नु भयाे, ‘यो प्रतिनिधि सभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस्, अब जे हुनेछ पारदर्शी ढङ्गले हुनेछ ।’

अखिल फोर्सले शनिवार काठमाण्डाैमा आयोजना गरेको भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।’

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गर्नुभयो । उहाँले सही विचार आत्मसाथ गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

यस्तै नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दाबी गर्दै त्यहीअनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेतृत्व अराजक ढङ्गले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu