Connect with us
Kapilvast Forest

बिजुलीकाे खम्बा चाेरी गर्ने सात जना पक्राउ

२०७८, १८ श्रावण सोमबारमा प्रकाशित

मकवानपुर – मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको बिजुलीकाे खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती–४ झुरझुरेमा रहेकाे धरान–चतरा सडक खण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ ।

वडा नं १ हात्तीटुगेकाे बाटो छेउमा रहेको ग्रीड सोलार इन्जिन इफिसेन्सी आयोजनाकाे स्टिल ट्युवलर विद्युतीय खम्बासहित उनीहरूलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मे१ख १५०५ नम्बरको ट्रकमा स्टिल खम्बा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक र चोरीमा संलग्न सातै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । साथै उनीहरूका साथबाट नम्बर नखुलेको एक थान मोटरसाइकलसमेत फेला परेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका १ का जयराम सापकोटा, उदयपुर घर भइ भक्तपुरको मध्यपुरथिमि नगरपालिका ७ का हरि नेपाल, मकवानपुरको वाग्मती ७ का ३० वर्षीय सुरेश लामा, त्यही ठाउँ बस्ने उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका ३ का धनबहादुर लामा र देव पौडेल रहेका प्रहरीले जनाएको छ ।