Connect with us
Kapilvast Forest

कांग्रेसको पौडेल पक्षको बैठक बस्दै

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

काठमाडौं –नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताउनुभयो ।

बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयका एक सदस्य युपी लामिछानेले जानकारी दिएनुभयो ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ । यसपटक महाधिवेशन गर्नैपर्ने बाध्यताका बीच पार्टी सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

देउवा सरकार सन्चालन र महाधिवेशन दुवैको दबाबमा छन् ।प्रधानमन्त्री पद सम्हालेको तीन साता कटिसके पनि उनले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu