Connect with us
Kapilvast Forest

‘विभूषण समिति’को सदस्यमा कलाकार श्रेष्ठ मनोनित

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

 काठमाडौं-विशिष्ट कलाकार मदन दास श्रेष्ठ राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई विभूषित गर्न नेपाल सरकारबाट गठित समिति ‘विभूषण समिति’को सदस्यमा मनोनित हुनुभएको छ । नेपाल सरकार, मन्त्रीपरिषदको हालै बसेको बैठकले श्रेष्ठलाई उक्त समितिको सदस्यमा मनोनित गरेको हो ।

गृहमन्त्री अध्यक्ष रहने समितिमा श्रेष्ठ सहित अन्य ५ जना सदस्य समेत मनोनित हुनुभएको छ । जसमा प्राध्यापक डा। भुषण श्रेष्ठ, गोबिन्द प्रसाद शर्मा, ओम प्रकाश महत्तो, नरबहादुर कडेल लगायत रहेका छन् ।

राष्ट्रिय पदक, मेडलका अलवा राज्यबाट दिने बिभिन्न पुरस्कार लगायतका लागि देशभरका बिभिन्न स्थानबाट सिफारिस भएर आउँने व्यक्तिहरुको अन्तिम नामावली टुङ्गो लगाउने काम यो समितिले गर्नेछ ।

राज्यले ‘विभूषण समिति’ सदस्यमा आफुलाई समेटेकोमा कलाकार श्रेष्ठले निकै खुसी ब्यक्त गर्नु भएको छ । राज्यले कलाकारलाई यस्तो समितिमा समेट्नु भनेको कलाकार प्रतिको सम्मान भएको श्रेष्ठले प्रतिक्रिया दिनुभयो । उहाँले राज्यले दिने सम्मान आग्रह पुर्वाग्रह बाहिर रहेर आफुले काम गर्ने बताउनुभयो ।

‘राज्यको कुनैपनि सम्मान राजनीतिक हिसावले पनि हेर्नु हुँदैन । आग्रह पुर्वाग्रहको रुपमा पनि हेर्नु हुदैन भन्ने मान्यताका साथ स्वतन्त्र र निष्पक्ष रुपमा सम्मानित ब्यक्ति छनौटमा म जहिले पनि लाग्नेछु उहाँले भन्नुभयोश्रेष्ठ रंगमञ्च, रेडियो नाटक, चलचित्रदेखि टेलिचलचित्रसम्म सबैतिर छाउन सफल कलाकार हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu