Connect with us
Kapilvast Forest

टेलिकमको कर्पोरेट युजर ग्रुपको आकर्षण बढ्दै

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

ntc

काठमाडौं-नेपाल टेलिकमले आफ्नो कर्पोरेट युजर ग्रुप – सीयूजीसेवामा आकर्षण बढ्दै गएको जनाएको छ ।यस सेवामा आबद्ध हुने ग्राहकहरुको संख्या वृद्धि हुने क्रम जारी रहेको टेलिकमले जनाएको हो ।

कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सियुजीमा समूहमा आबद्ध गराउन सकिन्छ ।यसमा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने यसमा आबद्ध नभएका टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न पनि सकिने जनाइएको छ ।

टेलिकमले २ सय रुपैयाँदेखि १५ सय सम्मका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।न्यूनतम १० जना प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu