Connect with us
Kapilvast Forest

तालिबानद्वारा अफगानिस्तानको एक प्रान्तीय राजधानी कब्जा

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

taliwan_

एजेन्सी -तालिबान विद्रोही संगठनले अफगानिस्तानको दक्षिणी पश्चिमी क्षेत्रस्थित एक प्रान्तीय राजधानी कब्जा गरेको छ। इरानसँगको सीमा जोडिएको जरन्ज सहर कब्जा गरेसँगै तालिबानले पहिलोपटक ठूलो सहर कब्जा गरेको अफगान अधिकारीहरुले पुष्टि गरेका छन्।

स्थानीय स्रोतका अनुसार शुक्रबार दिउँसो निमरोज प्रान्तको राजधानी जरन्ज तालिबान लडाकुले कब्जा गरेका हुन्। पछिल्ला केही सातादेखि विदेशी सेना फर्किन थालेपछि तालबानी समूहले अफगानिस्तानमा आक्रमण तीव्र पारेको थियो। उसले अफगानिस्तानका कयौं सीमा क्षेत्र यसअघि नै नियन्त्रणमा लिइसकेको छ। तर पछिल्लो पटक तालिबान समूहले प्रान्तीय राजधानीसमेत कब्जा गरेपछि सरकारमाथि ठूलो चुनौती थपिएको आंकलन गरिएको छ।

इरानको सीमासँग जोडिएको जरन्ज एउटा ठूलो व्यापारिक केन्द्रसमेत हो। आसपासका जिल्ला कब्जा गरिसकेपछि तालिबान लडाकुले केही दिनयता लगातार यो सहर कब्जाका लागि संघर्ष गरिरहेका थिए। एजेन्सीहरुका अनुसार पश्चिम हेरात र दक्षिण लश्कर गाह सहरमासमेत भारी संघर्ष जारी रहेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu