Connect with us
Kapilvast Forest

ट्राफिक प्रहरीद्वारा ‘नो हर्न स्टिकर अभियान’ शुरु

२०७८, २६ श्रावण मंगलवारमा प्रकाशित

 

काठमाडौँ– नो हर्न’ अभियानको प्रभावकारी कार्यान्वयनका लागि ट्राफिक प्रहरीले आजदेखि ‘नो हर्न स्टिकर अभियान’ शुरु गरेको छ ।२०७४ वैशाख १ देखि काठमाडौँ उपत्यकामाहर्न निषेधित क्षेत्र घोषणा गरिए पनि पछिल्लो समय क्रमशः हर्नको प्रयोगमा बृद्धि हुँदै गएपछि प्रहरीले ‘नो हर्न स्टिकर अभियान’ शुरु गरेको हो ।

उक्त स्टिकर चालकले देख्ने गरी अगाडिको सिसामा टासिएको ट्राफिक महाशाखाले जनाएको छ ।नो हर्न अभियानलाई थप कडाई गर्न आजैबाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरी अभियानलाई शुरु गरेको हो ।

जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पूर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu