समृद्धि प्रतिको जनचाहना एमालेले पुरा गर्ने : नेता अधिकारी
कपिलवस्तु-नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिव एवम् संविधान सभा सदस्य बलराम अधिकारीले पार्टीमा देखिएका अन्तरविरोधलाई समाधान गरी एकिकृत पार्टी निर्माण गर्दै जनताको समृद्धि प्रतिको जनचाहना एमालेले पुरा गर्ने बनाउने बताउनु भयो ।
नेता अधिकारीले नेकपा (एमाले) जिल्ला सचिवालय कपिलवस्तुको वैठकलाई मदन आश्रित स्मृति भवन तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भयो ।
वैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले भूमिहिन सुकुम्बासीका समास्या प्रति वर्तमान सरकार गैर जिम्मेवार बनेको तर्क गर्दै एमाले भूमिहिन सुकुम्बासीका समस्या प्रति समवेदनशिल रहेको धारणा राख्नु भयो ।
सचिवालय वैठकले पार्टी संगठित सदस्यताको नविकरण यही श्रावण ३० गते भित्र प्रदेश कमिटीमा बुझाउने, संगठन सुदृढीकरण अभियानलाई तिव्रता दिने निर्णय गरेको एमाले जिल्ला नेता डम्मर शर्माले बताउनु भयो ।
वैठकमा एमाले नेताहरु टेकराज पौडेल, इन्द्रमणी पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु प्रभा पौडेल, नेत्रराज अधिकारी, विश्राम प्रसाद थारु, सफरअलिमिया लगायतको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार विभागले जनाएको छ ।