शिवराजमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुँदै
चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ ।शिवराज नगरमा रहेको राइजिङ्ग स्टार युवा क्वलवको आयोजनामा आगामी भदौ महिनाको दोस्रोसाता देखि खुल्ला पुरुष भलिबल प्रतियोगिता र स्थानीय महिला भलिबल प्रतियोगिताहुन लागेको हो ।
राइजिङ्ग स्टार युवा क्वलवको आयोजनामा संचालन हुन लागेको खेलको तिव्र तयारीमा लागेको कार्यक्रको उप संयोजक गम्भीर पुन (शिशिर) ले बताउनु भयो ।
कोेभिडको कारणले धेरै समय देखि खेलहरुको आयोजना नहुदा समुदाय स्तरमा भएका खेलाडीहरु विस्थापित भएको हुँदा खेलाडिहरुलाइ हौसल्लाह प्रदान गर्नको लागि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको खेल कार्यक्रको उप संयोजक गम्भीर पुन (शशिर)ले जानकारी दिनु भयो ।
पछिल्लो समयमा अन्य खेल विधाको तुलनामा भलिबल ओझेल पर्दै गएको भन्दै स्थानीयस्तरमा त्यसको जगेर्नाका लागि राइजिङ्ग स्टार युवा क्वलवल खुला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको खेल कार्यक्रको उप संयोजक गम्भीर पुन (शिशिर)ले जानकारी दिनु भयो । विजेता टिमलाई एक लाख वढि धनराशि सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने गरी खेलको तिव्र तयारीमा लागेको आयोजक क्लवले जनाएको ।