बुन्डेसलिगाः मोन्चेंग्लाडबाच र बायर्न म्युनिखले बराबरी खेले
एजेन्सी – जर्मन फुटबल लिग बुन्डेसलिगाको पहिलो खेलमा बोरुसिया मोन्चेंग्लाडबाच र बायर्न म्युनिखले बराबरी खेलमा रोकिएको छ । गएराति मोन्चेंग्लाडबाचको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेलेर अंक बाँड्दै बुन्डेसलिगाको २१र२२ सिजनको सुरुवात गरेका हुन् ।
खेलको १० औं मिनेटमा अल्साने प्लीले गोल गर्दै मोन्चेंग्लाडबाचलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो । ४२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याउनु भयो । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन ।