Connect with us
Kapilvast Forest

भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इङ्ग्ल्यान्डको खराब सुरुवात

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

एजेन्सी -घरेलु टिम इङ्ग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा खराब सुरुवात गरेको छ ।लर्ड्समा भइरहेको टेस्टको दोस्रो दिनको खेल सकिँदासम्म इङ्ग्ल्यान्डले ३ विकेट गुमाएर १ सय १८ रन जोडेको छ । दोस्रो दिनको खेल सकिँदासम्म पहिलो इनिङ्समा इङ्ग्ल्यान्ड २ सय ४६ रनले पछि रहेको छ । इङ्ग्ल्यान्डका कप्तान जोए रुट ४९ रनमा अविजित रहनु भयो ।

भारतका मोहमद सिराजले २ तथा मोहमद शामीले १ विकेट लिनु भएको थियो । यसअघि पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेल्नु भयो ।

रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट हुनु भयो । रविन्द्र जडेजाले ४० तथा ऋषब पन्तले ३७ रन बनाउनु भयो । पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu