शिवराज ९शिवगढीमा माओबादी केन्द्रको वार्ड कमिटी पुर्नगठन
कपिलवस्तु –नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) शिवराज नगर पालिका वडा न ९ वडा कमिटिले वडा नं. ९ शिजगढीमा वडा कमिटी पुर्नगठन गरेको छ । पार्टी एकिकरण भए पछि लामो समय कुनै भेला नगरेको माओबादी केन्द्रले नेकपा विभाजन संगै माओवादी केन्द्रले संगठन विस्तार र पुर्नगठन गर्ने निर्देशन बमोजिम संगठन विस्तार अभियान संचालन गरेको हो । शनिबार नेकपा माओबादी केन्द्रको वडा भेला गरी वडाकमिटि प्र्नगठन गरेको माओवादी केन्द्रका वडा ईन्चार्ज लाल बहादुर रोकाले जानकारी दिनुभयो ।
शिवराज नगरपालिका ९ रमुवादहमा आयोजित कार्यकर्ता भेलाले प्रेम रोकालाई अध्यक्ष र जयनारायण पुनलाई सचिवमा चयन गरेको छ । वडाले १५ सदस्यीय वडा कमिटि निर्माण गरेको पनि रोकाले जानकारी दिनुभयो । सदस्यहरुमा राम गोपाल थारु, चन्दु डागी, बन्दु थारु, काजी के सी, जस बहादुर पुन , सोम बहादुर पुन, केसर मोहरा, राज कुमार राना, अमिसा नेपाली, लक्ष्मी बिक , सरिता सुनार , सावित्रा थारु,थारु लगायत रहेका छन् ।
चयन भएका वडा नेतृत्वलाई बधाई दिदै नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चुर बहादुर खडकाले शसस्त्र संर्घष शान्ति हुदै संविधान निर्माण गरेको माओवादी परिवर्तनकारी शक्ति भएको र माओवादीले नै समाज रुपान्तरणको नेतृत्व लिएकै कारण देशमा सामाजिक र बैचारिक क्रान्ति ल्याएको बताउनुभयो । माओबादी केन्द्रकै कारण अहिले जनता छोरा छोरीले देशको राष्ट्र प्रमुख लगायत स्थानीय तह सम्म जिम्मेबारी लिदै जनताको सेवा गर्ने अवसर प्राप्त भएको खडकाले बताउनु भयो ।
जनताको दैनिक समस्या समाधान र जनचेतना वृद्धि गर्दै समुन्नत समाज बनाउदै लैजान आग्रह गर्नुभयो । माओवादीले विचार, आस्था, उद्धेश्य र एजेण्डा बोकेर हिड्ने पार्टी भएकाले आर्दशको राजनिति गर्दै आएको दाबी गर्नु भयो भेलामा नेकपा माओबादी केन्द्रका जिल्ला सचिवालय सदस्य चुर बहादुर खडका ,शिवराज ९ वडा कमिटी अध्यक्ष प्रेम रोका, शिवराज माओबादी केन्द्र ईन्चार्ज लाल बहादुर रोका, कपिलवस्तु कराते संघका अध्यक्ष रामु सुनार ,राम गोपाल थारु बम बहादुर र्घित लक्ष्मी बि क लगायतको भेलाले उक्त वार्ड कमिटी गठन गरेको हो