अफगानिस्तानका नेपालीको उद्धार सरकारले गर्छः प्रधानमन्त्री देउवा
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिनुभउको छ ।
उहाँले भन्नुभएको छ अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।