पूर्वराजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ : कमल थापा
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताउनुभएको छ । राप्रपा अध्यक्ष थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेको प्रशंगलाई जोड्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताउनु भयो ।
उहाँले सोमबार ट्विट गर्दै लेखेका छन्,‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ । २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो ।’
तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।
राजा र राष्ट्रपति बिचको फरक पनि यही हो pic.twitter.com/Ed3vw10s0H— Kamal Thapa (@KTnepal) August 16, 2021