Connect with us
Kapilvast Forest

बागमतीमा डोरमणि पौडेलले राजीनामा दिने तयारी ,अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्नुहुने भएको छ  ।शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले दिनुभयो । अहिले संसदीय दलको बैठक जारी रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाउनुभएको छ । शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी भइरहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu