एमाले फुट्नासाथ नेपालका शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस
काठमाडौं – सरकारले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाईलाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उहाँको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको छ ।शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव हुनुन्थ्यो । माधव नेपालका सदावहार सहयोगी शर्मालाई उनले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोलीलाई आग्रह गर्नु भएको थियो । तर ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाउनु भएको थियो ।
पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुनुन्छ । झापा जिल्लाका पुराना नेता प्रसाई मेची नगर नगरपालिकाको मेयरमा पराजित हुनुभएको थियो । उहाँ २०५४ सालमा झापा जिल्ला विकास समितिको उपसभापति हुनुन्थ्यो ।