Connect with us
Kapilvast Forest

वुहानबाट विद्यार्थी उद्धार गर्दा ५५ लाख खाना र ६६ लाख औषधिमा खर्च

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

nepal airlaince

काठमाडौं – कोरोना भाइरस महामारीको शुरुवातमा चीनबाट विद्यार्थी उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पाइएको छ । वुहानबाट ३ फागुन २०७६ मा १८१ जना विद्यार्थीलाई नेपाल ल्याउँदा १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको भेटिएको हो ।

महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्दा मात्रै ७ करोड ५६ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । विद्यार्थीसहित नेपाल वायु सेवा निगमका चालक दलका सदस्य लगायत थप ६ जना पनि क्वारेन्टिनमा बसेका थिए ।

 

‘क्वारेन्टिन निर्माण, त्यसका लागि आवश्यक सामग्री खरिद, इन्टरनेट, व्यक्तिगत प्रयोगका सामग्री (ब्रस, स्याम्पु, डायरी, बेड) लगायतमा शहरी विकास मन्त्रालयबाट यो रकम खर्च भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाली सेनाले १७ दिनका लागि खाना वापत ५५ लाख र औषधि खरिद वापत ६६ लाख ७१ हजार समेत गरी १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।’

हवाई उडान र स्थानीय यातायात वापत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख ७९ हजार रुपैयाँ खर्च भएको देखिएको छ । प्रतिवेदनले उद्धार कार्यमा बढी खर्च भएको औंल्याउँदै सुझाव दिएको छ, ‘दिगो रुपमा धान्न सकिने र अति आवश्यक पर्ने विषयवस्तुको विश्लेषण गरी खर्च गर्ने नीति अवलम्बन गर्नुपर्दछ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu