प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ । भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उहाँले औपचारिकरुपमा नियुक्ति भने पाउनुभउको थिएन ।
बालुवाटारमा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सीका कारण लामो समय सो पदमा औपचारिक नियुक्ति हुन सक्नुभउको थिएन । प्रथम महिला आरजु राणाले प्रकाश देउवालाई सो पदमा नियुक्त गर्न चाहनुभएको थियो । प्रकाश देउवा लामो समय आरजुकै स्वकीय सचिवका रूपमा काम गर्दै आउनुभउको छ । जसले गर्दा लामो समयसम्म पनि को प्रमुख स्वकीय सचिव बन्नेमा अन्योल रह्यो । प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानु देउवा नै प्रमुख स्वकीय सचिव हुनुन्थ्यो ।