Connect with us
Kapilvast Forest

एसईईका लागि छापिएका ५१ लाख प्रश्‍नपत्र थन्किए, अब के गरिन्छ ?

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं-माध्यामिक शिक्षा परीक्षा (एसईई)का लागि प्रकाशन भएका ५१ लाख सेट प्रश्नपत्र थन्किएका छन् ।भौतिक उपस्थिति सहित परीक्षा हुन नसकेपछि तयार पारीएका प्रश्नपत्रहरु थन्किएका हुन् । जसकारण ती प्रश्नपत्र छापिएर पनि विद्यार्थीको हातमा पर्न सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले भने ती प्रश्नपत्रहरु बोर्डमा सुरक्षित साथ राखिएको जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले प्रश्नपत्रका सम्बन्धमा बोर्डले अहिलेसम्म कुनै निर्णय नगरेको बताए ।

उनले भने, ‘प्रश्नपत्र अहिलेसम्म वितरण गरिएको छैन । हामीले सुरक्षित साथ राखेका छौँ । बोर्डले निर्णय गरेर प्रश्नपत्रहरु सार्वजनिक गरौँ भन्ने निर्णय गरेमा कार्यान्वयन गर्न सकिन्छ । अर्कोपटकलाई प्रश्नपत्र प्रयोग गर्ने गरी अहिलेलाई त्यत्तिकै राखौँ भनेर पनि निर्णय हुनसक्छ ।’

कक्षा १० को पाठ्यक्रम परिवर्तन नभएकाले अर्को पटक प्रयोग गर्ने विकल्पका बारेमा पनि छलफल चलिरहेको छ । यद्यपि बोर्डले निर्णय भने गरेको छैन । एसईईको तयारीमा रहेका विद्यार्थीहरुले भने प्रश्नपत्रहरु आफूलाई वितरण गरे ‘प्रयाक्टिस’ गर्न पाइने बताउँछन् ।

परीक्षा नियन्त्रण कार्यालय(एसईई) का अनुसार एक विद्यार्थीले आठ विषय अध्ययन गर्नुपर्ने हुन्छ । एउटा परीक्षा केन्द्रमा प्रश्न पत्र पठाउँदा ५५ जना विद्यार्थी छन् भने अनुमानित ७५ वटा सम्म प्रश्नपत्र प्याक गरिएको हुन्छ । बोर्डका अनुसार प्रश्नपत्र पठाउँदा विद्यार्थी संख्याको अनुपातमा मिलाएर नपठाई कुल परीक्षा दिने विद्यार्थीमध्ये २० प्रतिशत थपेर प्रश्नपत्रको सेट तयार गरिन्छ ।

बोर्डले गत २३ साउनमा एसईई नतिजा सार्वजनिक गरेको थियो । विद्यालयले गरेको आन्तरीक मुल्यांकनका आधारमा एसईई नतिजा सार्वजनिक भएको हो । सम्वन्धित स्थानिय तहको शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष नतिजा विश्लेषण गरेन ।

यो वर्ष ५ लाख १७ हजार विद्यार्थीले एसईई परीक्षाका लागि फार्म भरेका थिए । कोरोना संक्रमण भएपछि भौतिक उपस्थितिमा परीक्षा हुन सकेको थिएन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियो । जसकारण विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गर्दै नतिजा प्रकाशन गरेको थियो ।

प्रश्नपत्र व्यवस्थापनबारे बोर्डले ठोस कदम नचाल्दा भर्खरै भर्ना भएका कक्षा १० का विद्यार्थीहरु अलमलमा छन् । गत वर्ष तयार पारिएका ५० लाख प्रश्नपत्र पनि हालसम्म वितरण गरिएको छैन ।अन्नपूर्ण

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu